चितवन २१ जेठ । नेपाली सेनाले ऐतिहासिक स्थल उपरदाङ्ग गढीमा ढुङ्गे धारा निर्माण गरेको छ ।
नेपाली सेनाले शिघ्र प्रभावी आयोजना अन्तर्गत सेनाले सो धारा निर्माण गरेको हो । जनतासग नेपाली सेना अभियान अन्र्तगत निर्माण गरिएको सो धाराको बुधवार एक कार्यक्रमका विच उद्घाटन गर्दै ईच्छाकामना गाउँ पालिकालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको मध्य पृतना हेटौडाका पृतनापति उपरथी हरेन्द्र पाठकले ईच्छकामना गाउँ पालिकाका अध्यक्ष दानवहादुर गुरुङलाई ब्यवस्थापनको जिम्मेवारीकालागि हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै उपरथी पाठकले नेपाली सेनाले ऐतिहासिक र पुरातात्विक वस्तुहरुको संरक्षणमा विशेष अभियान चलाएको बताउनुभयो ।
“ऐतिहासिक उपरदाङ्ग गढीमा निर्माण गरिएको ढुङ्गे धाराले यहाँको मौलिकता दर्साएको छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै ईच्छा कमना गाउँ पालिकाका अध्यक्ष दानवहादुर गुरुङले ऐतिहासकि थलोहरुको संरक्षणमा नेपाली सेनाको ध्यान पुग्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली सेनाको मध्य पृतना अन्र्तगत भरतपुरमा रहेको नयाँ सवुज गणले ५ लाख रुपियाँको लगानीमा सो ढुङ्गे धारा बनाएको हो ।
Discussion about this post