Nirvik Khabar

अनुशासन आयोगको सचिव पदमा दिलिप लामिछानेको उम्मेदवारी—सशक्त नेतृत्वका प्रतीक

Advertisements
Single Page Long - 2

राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा अनुशासन आयोगको सचिव पदका लागि चितवनका युवा नेता क. दिलिप लामिछानेले औपचारिक उम्मेदवारी प्रस्तुत गरेका छन्। संगठनभित्र लोकप्रिय, विश्वासिलो र निष्ठावान नेताको छवि बनाएका लामिछाने सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन्।

लामिछानेले आफ्नो राजनीतिक यात्रा कालिका नगरपालिकाबाट सुरु गर्दै जिल्ला नेतृत्वमा योगदान पुर्‍याएका छन्। उनले काठमाडौं–चितवन सम्पर्क मञ्चको अध्यक्षको रूपमा प्रभावशाली नेतृत्व प्रदान गरेसँगै युवा विज्ञ परिषद्का सदस्यको भूमिकामा समेत उल्लेखनीय जिम्मेवारी निर्वाह गरिसकेका छन्।

“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय ध्येय साकार पार्ने अभियानमा युवाको अग्रणी भूमिका हुनुपर्नेमा लामिछानेको स्पष्ट विश्वास छ। संगठनमा लामो अनुभव, अनुशासनप्रतिको निष्ठा, र कामप्रतिको इमानदारीका कारण उनी अनुशासन आयोगको सचिव पदका लागि एक बलियो उम्मेदवारका रूपमा चिनिएका छन्।पार्टीका युवा सदस्यहरूबीच लोकप्रिय रहेका लामिछानेले आफूलाई राष्ट्र, संगठन र युवा अधिकारको पक्षमा समर्पित पात्रका रूपमा प्रस्तुत गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस