Skip to main content

Nirvik Khabar

आत्महत्या गरेकी रोशनी शाहीले लेखेकी छन् दुई पन्ना लामो ‘सुसाइड नोट’

Advertisements
Single Page Long - 2

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएपछि मिडिया चर्चामा आएकी जाजरकोटकी रोशनी शाही लामो समयसम्म बाँच्न सकिनन्। आइतबार उनले आत्महत्या गरिन्। आत्महत्या कसरी भयो भन्ने कारणका लागि अस्पतालमा शव परिक्षण हुनेछ। तर मानसिक स्वास्थ्यमा समस्या रहेका कारण औषधिको ओभरडोज गरी उनले आत्महत्या गरेको हुन सक्ने पति चित्रजंग शाहीको भनाईको आधारलाई प्रहरीले प्रारम्भिक चरणमा लिएको छ।

भक्तपुरको सूर्यविनायक–२ वृहस्पतिमार्गस्थित लक्ष्मीश्वरी महतोको घरमा ३० महिनादेखि डेरा गरी उनी बसेकी थिइन्। दिउँसो १२–१ बजेसम्म पनि कुनै चालचुल नभएपछि घरमा बस्नेहरूले झ्यालबाट चिहाएर हेर्दा उनी भुइँमा लडेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।

पति चित्रजंग सर्लाहीको हरिवनमा मुख्य कार्यालय रहेको बागमती सेवा समाजको विराटनगर शाखामा उनी कार्यरत थिए।प्रहरीलाई पतिले बताएअनुसार अत्यधिक औषधी सेवन गरी रोशनीले यसअघि पटक–पटक आत्महत्या प्रयास गरेकी थिइन्। उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनले एक मात्र छोराका नाममा दुई पन्ना लामो सुसाइड नोट लेखेको प्रहरीले जनाएको छ। उनले आफूले छोराका लागि केही गर्न नसकेको भन्दै ‘खुशी भएर बाँच्नू’ भनी नोटमा उल्लेख गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस