Nirvik Khabar

अटोल्यान्ड निर्माणका लागि महानगर सकारात्मक : अधिकारी

भरतपुर – भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले अटो क्षेत्रको बिकाशको लागि छुट्टै अटोल्यान्डको आबश्यकता रहेको बताएका छन ।

अटोल्यान्डको बिकास भए मात्रै स्मार्ट शहरको बिकास हुने भन्दै उप प्रमुख अधिकारीले यसका लागि आफुले माहानगरमा छलफल चलाउने बताए । चितवन अटो मेकानिकल ब्यबसायी संघको २१ औ बार्सिक साधारण सभालाई नारायणगढमा सम्बोधन गर्दै अधिकारीले अटोल्यान्ड स्मार्ट सिटिको एक अंग भएको पनि बताए। राज्यका अन्य क्षेत्रहरुमा जस्तै मेकानिकल क्षेत्रमा पनि बिकास गर्ने समय आएको छ उनले भने , माहानगरका गौरबका आयोजना मध्येमा अटोल्यान्ड पनि एक हो यसलाइ अगाडि बढाउने कुरामा माहानगर सकारात्मक छ अधिकारीले ने । म एउटा जनप्रतिनिधि भएको नाताले तपाईहरुको समस्या समाधान गर्न तर्फ सदैव तयार रहने छु ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबू श्रेष्ठले भरतपुरमा अटोल्यान्डको आबश्यकता रहेको भन्दै बिकासका सबै पुर्बाधारहरु भएको खण्डमा मात्रै स्मार्ट शहरको रेखा कोरिने बताए । उनले माहानगर भित्र रहेका सार्बजनिक जग्गाहरुको पहिचान गरेर अटोल्यान्डको स्थपना गर्न भरतपुर माहानगरपालिका अगाडि बढ्नु पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल अटो मेकानिकल ब्यबसायी माहासंघका केन्द्रिय अध्यक्ष जनार्दन गैरले एक शहर एक अटोल्यान्ड हुनु पर्नेमा जोड दिए । अध्यक्ष गैरेले एक शहरमा एक अटोल्यान्ड स्थापना गर्न सके मात्र बिकासले फड्को मार्ने पनि बताए ।

कार्यक्रममा चितवन अटो मेकानिकल ब्यबसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई, उद्योग बाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, संघका कानुनी सल्लाहकार राज कुमार श्रेष्ठ, भरतपुर माहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशब मर्हजन लगायतले मन्तव्य राखेका थिए । चितवनमा धेरै पहिले देखि अटोल्यान्ड स्थापना गर्ने भनिए पनि बिबिध अबरोधका कारण स्थापनामा ढिलाइ हुँदै आइरहेको छ । नेपालमा हाल बुटवल, सुर्खेत र दाङमा अटोल्यान्ड स्थापना भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस