Nirvik Khabar

तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै पटेल

माधब सापकोटा

पछिल्लो समय व्यबसायीक तरकारी खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । कम लगानीमा राम्रो आम्दानी हुने भए पछी यो पेशा धेरैको रोजाईमा पर्न थालेको हो । यसै क्रममा बाराका रन्जित पटेल यहि पेशामा आकर्षीत भए । आज भन्दा झन्डै एक दशक अघि बारा जिल्लाबाट चितवन झरेका पटेलले हाल भरतपुर महानगरपालीका वडा न ८ चौराली चोक नजिक व्यबसायीक तरकारी खेती गर्दै आएकाछन् । तरकारी खेतीमा रमाउदै आएका पटेल अहिले ३५ बर्षका पुगे ।

एक दशक पहिले सानो क्षेत्रफलबाट व्यबसाय सुरु गरेका उनले अहिले गौरीगञ्जका बिभिन्न स्थानहरुमा खेती गर्दैआएकाछन् । करिब छ बिगाहामा लगार्ईको तरकारीहरमा काउली , लौका ,बोडी , गाँजर , काक्रा ,तमाटर आदि रहेकाछन् । अहिले लगाईएका तरकारी आउँदो बैसाख जेठमा बेच्नको लागि तयार हुने उनको भनाई छ । परिवार सहित रहेका पटेललाई उनका भाईले सघाउदै आएकोले आँफुलाई ब्यवसायीक खेती गर्न सहज भएकोमा उनी खुसी ब्यक्त गर्दछन् ।

पटेलले लगाउने खेतीहरुमा प्राय मौसमी तथा बेमौसमी दुबै खालका तरकारीहरु पर्दछन् । हालचालैै मात्र उनले करिब डेढ बिगाहा क्षेत्रफलमा लगाईएको आलु निकालीसके । यस सिजनमा उनले करीब दुई सय कुईन्टल आलु बेचेर राम्रो आम्दानी गर्न सफल भए । उनले उत्पादन गरेका तरकारीहरु केहि स्थानियले त केहि व्यापारीहरुले किन्ने गरेकाछन् । तरकारी खरिदगर्न आउने स्थानियको हकमा मुल्यमा केहि कम गरेको उनी बताउछन् ।

आफ्ना आफन्तहरु चितवन आएर ब्यवसायीक तरकारी खेतीबाट आम्रो आम्दानी गरेको थाहा पाएपछि आँफु पनि यसै पेशा तर्फ आकर्षित बनेको बताउदै पटेल अहिले यसै पेशालाई आप्mनो मुख्य कर्म मानेकाछन् । यो पेशा बाट बस्न ,खान ,बाल बच्चाको खर्च सहित केहि बचत गर्न सकिएकाले जिबनमा यहि कार्यलाई नै निरन्तरता दिने उनले सोच बनाएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस