Nirvik Khabar

ईपीएस परीक्षा जेठ १९ बाट, दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै

काठमाडौं । दुई वर्षदेखि स्थगित भएको कोरियन भाषा (ईपीएस) परीक्षा जेठ १९ गतेदेखि शुरु हुँदैछ । परीक्षा असार ३ गतेसम्म संचालन हुने जनाइएको छ । स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ १९ गतेवाट सुचारु गर्न लागिएको हो ।

बैशाख २६ गते सञ्चालन हुने गरी यसअघि मिति तोकिएको भएपनि स्थानीय तहको निर्वाचनका कारण स्थगित भएको परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परीक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परीक्षामा उत्तीर्णहरुमध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परीक्षा लिन लागिएको हो ।वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरियामा जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस