चितवन ,९ चैत
पछिल्लो १ महिनायता दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ ट्रेन्डिङ्गमा छ । सामाजिक सञ्जाल प्रयोगकर्ता पनि मन नलागेपनि ट्रेन्डको फलो गर्ने बानीका कारण भिडियोहरू बनाईरहेका छन् । यस गीतमा भिडियो बनाउनेको संख्या करोडौंमा छ । अहिले मेला महोत्सवमा कलाकारलाई भ्याइ नभ्याइ छ ।
तर मौसम बिचार नगरी आयोजकले महोत्सव आयोजना गर्दा कार्यक्रम रोक्नु न चलाउनुको अवस्थामा पुगेको छ । यो हो चितवनमा नेपाल जेसीजले आयोजना गरेको जेसीआई बिजनेस एक्स्पो तथा जेसीज महोत्सव । दर्शकको उपस्थिती नभएपछि आयोजकले दर्शक ‘कुरेको कुरै’ भएका छन् ।चैत ७ गतेबाट सुरूभएको जेसीज महोत्सव स्थलमा दैनिक १०० को संख्यामा दर्शक पुग्न पनि हम्मेहम्मे छ । यतिमात्र हैन कार्यक्रम स्थलमा आयोजक जेसीजका कोही पनि ब्याक्ती देखिदैनन् ।
आयोजकले दिएको जानकारी अनुसार करिब २५० भन्दा धेरै स्टल रहेका छन् । दर्शकको दर्शन गर्न नपाएपछि मेलामा व्यापार गर्न स्टल लिएका व्यापारी दिउँसै बन्द गरेर हिड्ने अवस्थामा रहेको बताउछन् । केहीले त स्टल घाटा लागेपनि बस्न भन्दा छाडेर जान फाइदा रहेको बताउछन् ।
हरेकदिन दर्शकलाई मनोरञ्जन दिन स्थानिय देखि चर्चित राष्ट्रिय कलाकारहरूलाइ इभेन्ट पार्टनरको रूपमा रहेको दाताज इभेन्टले ल्याइरहेको छ । चैत ९ गते शनिवार दर्शक पाउने आसामा बसेका आयोजकले युवाहरूको लागी लोकप्रिय रहेका र्यापर जी-बब ल्याएको थियो । शनिवार फुर्सदिलो दिन भए पनि आयोजकको अपेक्षा अनुसार दर्शक आएनन् ।
झ ५ बजे सम्म पनि महोत्सव स्थलमा मुस्किलले ५० जना मात्र दर्शक उपस्थित थिय । अहिले सबैतिर बिद्यार्थीहरूको परीक्षा भएकोले दर्शकको कमी भएको आयोजकको भनाइ छ ।
यस्तै महोत्सवमा मौसमले पनि साथ दिएको छैन । शनिवार साँझ स्टेजमा जीबवलाई चढाउने तयारी हुँदै गर्दा नारायणी नदि किनारमा (महोत्सव स्थल)हावाहुरी चलेपछि भागाभागको स्थिति सिर्जना भएको थियो । हामीले नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटालाई कार्यक्रम भोलिबाट चल्छ कि रोकिन्छ भन्ने प्रश्नमा ? उनले हावाहुरीले शनिबारको कार्यक्रम स्थगित भएपनि अन्य दिन सञ्चालन हुने र रोक्ने निर्णयमा नपुगेको बताए ।
आइतबार गायक राजु परियार ,उमादेवी खनाल सहित अन्य कलाकार हरू आउने भएकाछन् । महोत्सव अवलोकन गर्न बिद्यार्थीका लागि ६० र अन्यका लागि १०० रूपैयाँ टिकटको व्यवस्था गरेको छ ।
भिडियोमा कार्यक्रम स्थल
https://www.facebook.com/share/v/1F5kSJhuAn/
Discussion about this post