Nirvik Khabar

वीरगञ्ज पब्लिक कलेज राष्ट्रिय स्तरको पूँजी बजार हाजिरी जवाफ प्रतियोगितामा प्रथम

भरतपुर – राष्ट्रिय स्तरको अन्तरकलेज पूँजी बजार हाजिरीजवाफ प्रतियोगिता –२०२५ को उपाधी बिरगंज पब्लिक कलेजले जितेको छ । वीरगञ्ज पब्लिक कलेजले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पस फस्ट रनरअप बनेको छ । फस्ट रनरअप बने संगै ३० हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै ठाकुरराम मल्टिपल क्याम्पस बिरगंज सेकेन्ड रनरअप बनेको छ ,यसले २० हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

May be an image of 7 people, dais and text
ग्लोबल मनि वीक अर्थात बिश्व पूँजी सप्ताह अन्र्तगत आयोजना गरिएको प्रतियोगितामा २५ कलेज सहित २७ टीमको सहभागिता रहेको थियो । २७ टिमबाट प्रतिस्पर्धा गर्दै सेमिफाईनल चरणमा ८ समूह पुगेका थिए । भरतपुरको प्रेसिडेन्सी कलेजमा पहिलो चरणको प्रतियोगिता सञ्चालन भएको थियो । जसबाट शुदुरपश्चिमाञ्चल क्याम्पस , बालकुमारी कलेज कस्तुरी कलेज,मध्यबिन्दु मल्टिपल क्याम्पस, ठाकुरराम मल्टिपल क्याम्पस बिरगंज ,बोस्टन इन्टरनेशनल कलेज , बिरेन्द्र बहुमुखी क्याम्पस र वीरगञ्ज पब्लिक कलेज सेमिफाईनलमा प्रबेश गरेका थिए ।

पुँजी बजार संग सम्बन्धित रहेर आयोजना भएको राष्ट्रिय स्तरको प्रतियोगिताको फाईनल दियालो फुडल्याण्डमा भएको थियो । “थिंक बिफोर यू फलो वाइज मनी टुमारो” भन्ने नारा सहित बित्तीय क्षेत्रलाई समेट्ने गरेर आयोजना भएको यो पहिलो राष्ट्रिय स्तरको कार्यक्रम हो ।

कार्यक्रममा बिद्यार्थीहरुलाई बित्तिय सचेतना तथा लगानी र पुँजी बजारका बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रेसिडेन्सि रिसोर्ट दासढुंगामा सम्पन्न कार्यक्रममा बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधी तथा पुँजी बजार तथा धितोपत्र बजार मध्यस्थकर्ताहरुको सहभागिता रहेको थियो ।  प्रतियोगितालाई MBAN, SBAN, ICRA नेपाल, INFO MERICS, CARE RATING NPEA लगायत संस्थाहरूले  सहयोग  गरेका थिए।

सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरू गरिएको यो सप्ताह अर्गनाईजेसन अफ इकोनमिक कोअपरेशन एण्ड डेभलपमेन्ट Organisation of Economic Cooperation and Development (OECD) (ओईसिडी)  को संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिएको छ  ।  “थिंक बिफोर यू फलो वाइज मनी टुमारो” ,भन्ने नारा सहित युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पु¥याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ । हरेक बर्ष मार्च १७ देखी २३ सम्म यो बिश्वभर मनाउदै आईएका कार्यक्रम अहिले १३ संस्करणको रुपमा रहेको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस