Nirvik Khabar

भरतपुरमा भोलिबाट दोहोरीको कुम्भमेला हुदै ,प्रथम हुनेलाई ३ लाख

भरतपुर- आठौं राष्ट्रिय रनिङशील दोहोरी गीत प्रतियोगिता भोलि शनिबारबाट भरतपुरमा सुरु हुँदैछ।  राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा देशभरिका ४२ वटा टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरले जानकारी दिइन्। प्रतियोगितामा विदेश विभागबाट छ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिहरु भरतपुर आइसकेको उनले बताइन् ।

वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवनस्थित खेलमैदानमा हुने प्रतियोगिताको शनिबार दिउँसो बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिता मूल समारोह समितिका संयोजक समेत रहेकी अध्यक्ष थापा मगरले चित्रवन न्युजडटकमलाई जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख , द्वितीयलाई २ लाख , तृतीयलाई १ लाख र सान्तोना हुने टिमलाई ५० हजार पुरस्कारको राशि तोकिएको राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान नेपालका उपाध्यक्ष एवं प्रतियोगिताका सहसंयोजक दिपक खड्काले चित्रवन न्युजडटकमलाई जानकारी दिए ।  राष्ट्रिय लोकदोहोरीगीत प्रतिष्ठान बागमती प्रदेशको सहआयोजना र जिल्ला कार्यसमिति चितवनको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा राष्ट्रिय हास्य कलाकार, दोहोरी तथा फिल्म कलाकारको समेत बिजोड प्रस्तुति रहने खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस