चितवन – ब्रेन क्यान्सर पीडित पत्रकार संगिता बानियालाई उपचारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टले आर्थिक सहयोग गर्नुभएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित बानियांँकै निवासमा पुगेर भट्टले १२ हजार १५० रुपैंया सहयोग गर्नुभएको हो ।
भट्टले आगामी दिनमा पनि पत्रकार बानियांँको लागि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहांँले क्यान्सर पीडित बानियांँले उपचारको लागि भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुपर्ने भएकोले सहयोग गरेको बताउनु भयो ।
दुई बर्षअघिदेखि क्यान्सर रोग पीडित बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिएको थियो । स्तन क्यान्सर पूर्णरुपमा निको भएपनि पुनः ब्रेनमा क्यान्सर देखिएको हो ।बानियांँको उपचारमा यसअघि ४० लाख रुपैंया खर्च भईसकेको छ भने ब्रेन क्यान्सर उपचारमा थप ४० लाख लाग्ने चिकित्सकले बताएका छन । बानियांँको उपचारमा आर्थिक सहयोग संकलनका लागि सामाजिक अभियान्ता विदुर केसीको नेतृत्वमा ८ सदस्यीय अभियान समिति गठन भइसकेको छ ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक संकलनलाई तीब्र पारिएको छ । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्छ ।
Discussion about this post