Nirvik Khabar

स्ट्रेबरी खेतीले ग्राहक आकर्षित

Advertisements
Single Page Long - 2

माधब सापकोटा
भरतपुर-  चितवनको भरतपुर महानगरपालीका वडा न ५ समि चोकमा गरिएको व्यबसायिक स्ट्रेबरी खेतीले अहिले धेरैलाई आकर्षित बनाएको छ । बिगत ६ बर्ष देखि सुरु गरिएको यो खेती अहिले भरतपुर आसपासका मानीसका लागि घुम्ने,फोटो खिच्ने र आँफै टिपेर खरिद गर्ने उत्कृष्ट स्थल बनेको छ ।

नेपाल एग्रोभाईन प्रा.ली द्धारा सञ्चालीत यस स्ट्रेबरी र्फाम सन २०१८ देखि बिराटनगरबाट सुरु गरि हाल भरतपुरमा पनि अनुसन्धान तथा व्यबसायीक उदेश्यका साथमा सुरु गरिएको हो । सात जना युवा व्यबसायीहरुको सकृयतामा सञ्चालन गरिएको यो र्फाम करिब तिन बिगाह क्षेत्रफलमा फैलिएको छ भने स्ट्रेबरी खेति एक बिगाह तिन गट्ठामा लगाईएको छ ।

यस फार्ममा स्ट्रेबरी मात्र नभई खरबुजा खेती समेत गरिदै आएको सञ्चालक ससन देबकोटाले बताए । देबकोटाले बि.स २०६६ सालमा चितवनको रामपुर कृषि क्याम्पसमा स्नातक तह उर्तिण गरि तिन बर्ष अमेरीकामा स्ट्रेबरीको बिषयमा अध्यन अनुसन्धान गरिसकेका छन् ।

यस नेपाल एग्रोभाईन प्रा.ली मा लगाईएका अमेरीकन जातका स्ट्रेबरीका बिरुवा ईजिप्ट बाट ल्याईएको उनी बताउछन् । अहिले यँहा ६ प्रजातीका बिरुवा बाट स्ट्रेबरी खेती गरिएको छ । झन्डै ४ देखि ५ महिनामा फल दिन सुरु गर्ने यो खेती बाट राम्रो आम्दानी हुन थालेको उनको भनाई छ ।

स्ट्रेबरीको बिक्री बितरण सञ्चालनमा आए लगतै स्थानीय बजारमा यसको माग बढ्न थालेको देबकोटा बताउछन् । बिक्रीका लागि स्ट्रेबरी तयार भए संगै अहिले ग्राहकहरु र्फाममा नै पुगेर फोटो खिच्ने र आँफै टिपेर खरिद गर्न मिल्ने ब्यबस्था मिलाईएको छ । अन्य समयमा प्रति केजि रु ७०० मा बिक्री गरिदै आएको स्ट्रेबरी फागु पर्बको अवसरमा रु ६०० मा बिक्री गर्ने योजना बनाईएको सञ्चालक देबकोटाले बताए । हप्ताको शनिबार ,सोमबार र सार्बजनिक बिदाका दिन ग्राहकले र्फामबाट आँफै टिपेर खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस