Nirvik Khabar

नेवा: पुच: नारायणगढले सम्पन्न गर्यो सामूहिक ईही र व्रतबन्ध

नारायणगढ, २२ माघ

नेवा: पुच: नारायणगढले  सामूहिक ईही (बेलविवाह) र सामूहिक व्रतबन्ध कार्यक्रम सम्पन्न गरेको छ। माघ २० र २१ गते धार्मिक परम्परा अनुसार कार्यक्रम गरेको हो ।

काठमाडौँबाट आएका नेवारी पुरोहितले नेवारी विधिअनुसार पूजाआजा गरिएको हो ।  कार्यक्रममा १३ जना कन्याहरू ईहीमा र ४ जना बटुक सहभागी भएको  नेवा:पुच: नारायणगढका अध्यक्ष  शुक्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो  “हाम्रो उद्देश्य नेवारी कला, संस्कृति र संस्कारलाई संरक्षण र सम्बर्धन गर्नु हो। विगत दुई वर्षदेखि यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएका छौं र भविष्यमा पनि यसलाई निरन्तरता दिनेछौं।”

यस कार्यक्रमले नेवारी समाजका सांस्कृतिक मूल्य र परम्परालाई जोगाउँदै सामाजिक एकता र सहकार्यको सन्देश पनि दिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस