Nirvik Khabar

देवघाट महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइँदै, धर्मको नाममा ठगी

चितवन, १४ माघ
पवित्र धार्मिकस्थल देवघाटधाममा सञ्चालन भइरहेको देवघाटधाम महामहोत्सवको फोहोर नारायणी नदीमा मिसाइएको छ ।
महा महोत्सवमा सहभागी हुन आएका भक्तजनले प्लाष्टिकजन्य फोहोर तथा त्यहाँ उत्सर्जन भएको अन्य फोहोरहरु समेत सिधै नारायणी नदीमा मिसाइएको छ । दामोदर कुण्डबाट बग्दै आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गम देवघाटधाममा सञ्चालित महायज्ञका कारण पवित्र तीर्थस्थललाई प्रदूषित बनाइएको छ । विश्व जागरण महाअभियान ट्रस्टले माघ १ देखि ३० गतेसम्मका लागि देवघाटधाममा महामहोत्सव सञ्चालन गरेको छ ।

महायज्ञमा सहभागी भएकाले खाएर बाँकी रहेको खाना, पूजा गर्न ल्याएको प्लाष्टिक, कागज, फूललगायत सिधै नदीमा मिसाइएको छ । नदी किनारदेखि नै फालिएको भातका सिताले नदीमा स्नान गर्न जान समेत अप्ठ्यारो भएको छ । आफूले आफैलाई महाराज घोषित गरेका विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक ईश्वरकृष्ण भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।

यस महामहोत्सवमा भक्तजनको उपस्थिति न्यून भएपछि उनले गाडी नै पठाएर ठाउँठाउँबाट भक्तजनहरु भेला गराएका छन् । ईश्वरकृष्णले विवादित र नक्कली प्रमाणपत्रधारीलाई समेत ल्याएर प्रवचन भन्दै आएका छन् । देवघाट क्षेत्र विकास समितिभित्र देवघाटको पहिचान नै नामेट पार्नेगरी कंक्रिटको भव्य महल बनाउन भुर्तेलले महामहोत्सवको आयोजना गरेका हुन् ।
कंक्रिटको महल बनाउन आर्थिक संकलन गर्न भन्दै उनले लगाएको महामहोत्सवमा आउने भक्तालुहरुलाई भ्रमित पार्दै पैसा संकलन गर्ने काम गरेका छन् । यसअघि यस्तै प्रकारले नारायणगढमा महोत्सव गरेका विजयकृष्ण भण्डारीको ठगीको प्रकरण बाहिरिएपछि उनी महोत्सव छाडेर भागेका थिए । नेपालमा धर्मको आडमा श्रद्धालुसँग ठूलो पैसा उठाउने र ठगी गर्ने धन्दा नै चलाउने गिरोह नै सक्रिय भएर लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस