Nirvik Khabar

भरतपुर अस्पतालमा ‘निलो रूख’

चितवन, २० कात्तिक

मानसिक स्वास्थ्यका विषयमा सचेतना फैलाउने उद्देश्यले भरतपुर अस्पतालमा निलो रूख स्थापना गरिएको छ । मानसिक स्वास्थ्यका विषयमा ‘चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ’ भन्ने उद्देश्यसहित निलो रूख स्थापना गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार नेपालमा पहिलो निलो रूख भरतपुर अस्पतालको परिसरभित्र स्थापना गरिएको छ । “हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “कतिपय मानसिक स्वास्थ्यका बारेमा खुलेर जिज्ञासा राख्न नसक्ने भएकाले भविष्यमा विभिन्न स्वास्थ्य समस्या आउने भएकाले समयमा नै सचेतना फैलाउनु जरुरी छ ।”

कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ भन्ने सङ्केत गर्न निलो रूख स्थापना गरिएको प्रा डा पौडेलले बताउनुभयो । उहाँका अनुसार अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले सुरु गरेको यो अभियान नेपालमा पहिलोपटक आइपुगेको हो । अस्ट्रेलियन जेडेन ह्वाइटले सन् २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रूखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस