चितवन- पौरखी नेपालले आज संचारकर्मीहरुलाई वैदेशिक रोजगारी र स्वदेशमा रहेका महिला श्रमिकको अवस्थाका बारेमा जानकारी गराएको छ । वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भइ स्वदेश फर्किएका, मानसिक सन्तुलन गुमाएका, विभिन्न हिंसा र श्रमको अबमुल्यन आदिमा परेका महिलाहरुको अधिकार सुनिश्चितताका लागि वकालत गर्दै आइरहेको छ ।नेपालभरी १९ लाख घरेलु श्रमिकहरु मध्य महिला मात्रै ८० प्रतिशत रहेको पौरखी नेपाल परियोजनाकी संस्थापक एवं पूर्व अध्यक्ष मञ्जु गुरुङले जानकारी दिनुभयो ।
२०६५ देखि ७५(७६ सम्म वैदेशिक रोजगारीमा गएका ३८ लाख ९८ हजार ४ सय ९७ जना नेपाली कामदार मध्य १ लाख ९७ हजार ८ सय ७ जना महिला कामदार रहेको गुरुङको भनाइ छ ।हालसम्म सुरक्षित आप्रबासका लागि काठमाडौंमा मात्रै ३३ वटा संस्थाहरु रहेका छन् । आर्थिक सामाजिक राजनीतिक वर्गीय आदि बिभेदका कारण नेपालमा महिलाहरु विभिन्न समस्याबाट प्रताडित हुँदै आएका छन् । यस्तो खालको समस्या बढ्नुमा जनचेतनाको अभाव नै प्रमुख रहेको गुरुङले बताउनुभयो ।
वैदेशिक रोजगारीमा जानुपूर्व दिइने तालिम,रिहालिबेलेसन, पुनः एकीकरण र उद्दार संयन्त्रमा जोडदिन राज्यले तत्काल जोड दिनुपर्ने श्रम आप्राबास बिज्ञ निलाम्बर बडालले जानकारी दिनुभयो । राज्यकै गलत निर्णय र फितलोपन आदिकै कारण बर्सेनि आम मजदुरले समस्या भोग्नुपरेको हो । हालसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कुनैपनि आधिकारिक तथ्यांक नेपाल सरकारसंग नभएको बडालले जानकारी दिनुभयो ।

कानुनी प्रवाधानलाई बलियो बनाउन र राज्यका संयन्त्रहरुले राम्रो काम गरेको खण्डमा वैदेशिक समस्याहरु हल हुने सत्रमाया गुरुङले जानकारी दिनुभयो । बिदेशबाट फर्किएका पीडित महिलाहरुलाई आत्मनिर्भर सम्बन्धिका तालिम र रोजगारी प्रदान गराउन आफूहरुले जोड दिएको उहाँको भनाइ छ । राज्यले नै युवाहरुका लागि स्वदेशमा रोजगारीको बाताबरण सिर्जना गराउन सके वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य हुने परियोजनाको ठहर छ । श्रमस्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा नेपाली कामदारहरु जाने प्रवृत्ति बढेका कारण समेत इलिगल समस्या बढ्दो रूपमा देखिएको हो ।
-कालिका न्युज-

































Discussion about this post