ताइवानवरपरको समुद्री क्षेत्रमा चिनियाँ सेनाले गरेको सैन्य अभ्यासविरुद्ध ताइवानले कडा प्रतिक्रिया दिएको छ। ताइवान राष्ट्रपति विलियम लाइको कार्यालयले विज्ञप्ति जारी गरी चिनियाँ सैन्य अभ्यासको विरोध गरेको हो। लाइको कार्यालयले भनेको छ- चीनले ताइवानी जनताको स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीको सम्मान गर्नुपर्छ र आफ्नो सैन्य आक्रमण रोक्नुपर्छ।
साथै विज्ञिप्तिमा ताइवानको सिमानाका दुवै छेउमा शान्ति र स्थायित्व कायम राख्नु साझा जिम्मेवारी भएको पनि बताएको छ।विज्ञप्तिमा अगाडि भनिएको छ- हाम्रो सरकार हाम्रो संवैधानिक प्रणालीको लोकतन्त्र र स्वतन्त्रताको रक्षा गर्न प्रयासरत रहनेछ। हामी हाम्रो राष्ट्रिय सुरक्षा कायम गर्नमा विश्वस्त र सक्षम छौँ।यसैबीच रोयटर्सका अनुसार अमेरिकाका राष्ट्रपति जो बाइडेनको कार्यालयले ताइवानवरपर चीनको सैन्य अभ्यासको निगरानी गरिरहेको बताएको छ।


































Discussion about this post