Skip to main content

Nirvik Khabar

संविधान दिवसमा निशुल्क स्वास्थ्य शिबिर, चितवनका चिकित्सकहरुले गरे ४५० जनाको परिक्षण

Advertisements
Single Page Long - 2

चितवन- संबिधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन गर्दै संबिधान दिवस २०८१ आज बिबिध कार्यक्रम गरि मनाइएको छ ।संबिधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा संबिधान दिवस मूल समारोह समिति चितवनको अबिभावकत्वमा भरतपुर महानगरपालिका र भरतपुर आँखा अस्पतालको सहकार्यमा जनस्वास्थ्य कार्यालय चितवन र बकुलहर रत्ननगर अस्पतालको संयुक्त आयोजनामा भरतपुर वार्ड नं. २४ स्थित धुर्बमा बृहत निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

करिब ६० प्रतिशत  सिमान्तकृत बस्ति रहेको उक्त स्थानमा ६ प्रकारका विभिन्न बिशेषज्ञ सेवा प्रदान गरिएको छ। जसमध्ये १५३ जनाले जनरल फिजिसियन सेवा, २२८ जनाले आँखा परिक्षण सेवा, १३५ जनाले हाडजोर्नी सेवा, ४५ जनाले प्रयोगशाला सेवा, ६० जनाले भिडियो एक्सरे सेवा, ८४ जनाले स्त्रीरोग सेवा, ४५ जनाको पाठेघरको मुखको क्यान्सरको परिक्षण सेवा लगायत करिब ४५० जनाले ७५० भन्दा बढी बिशेषज्ञ सेवा प्राप्त गरेका छन ।

शिविरमा आवश्यक सबैलाई नि:शुल्क औषधी साथै ४८ जनालाई निशुल्क चश्मा समेत वितरण गरिएको छ । परिक्षणको क्रममा मोतियाबिन्दु देखिई शल्यक्रिया गर्नु पर्ने १७ बिरामी भेटिएका छन् । जसलाई भरतपुर आँखा अस्पतालको सहकार्यमा निशुल्क शिल्याक्रिया गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस