Nirvik Khabar

सेन्ट्रल मोडल कलेजमा भरतपुरका ६४ विद्यार्थीले बिएचएम र बिआइएम पढ्न पचास प्रतिशत छात्रबृत्ति पाउने

भरतपुर,असोज ३-

सेन्ट्रल मोडल कलेजले भरतपुर महानगरपालिकाका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेको छ । भरतपुर ओरालोमा रहेको कलेजले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेजबाट सञ्चालित व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा छात्रबृत्ति घोषणा गरेको हो ।

कलेजका अध्यक्ष यज्ञ विलास (वाइबी) पौडेलले संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ति घोषणा गरेको बताउनुभयो । उहाँले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने बताउनुभयो ।

महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तिर्ण गरेका एक/एक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति प्रदान गरिने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ,उहाँले भन्नुभयो, यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रबृत्ती प्राप्त गर्नेछन ।’

छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआएएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइने प्रिन्सिपल पौडेलले बताउनुभयो । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजले अपेक्षा गरेको छ ।

यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्ने विश्वास कलेजले लिएको छ ।

सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । ‘विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिनेछन्, जुन उनीहरूको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण हुनेछ,उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष पौडेलले तीन जना चेपाङ समुदायका छात्रछात्रालाई पूर्ण छात्रवृत्ति दिने यस अघिनै घोषणा गरिसकेको बताउनुभयो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस