देवघाट- लायन्स क्लब अफ भरतपुर उज्यालोले देवघाट धाममा एक विशेष सरसफाइ कार्यक्रम गरेको छ। लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आर का दितृय भाइस गभर्नर एमजेएफ लायन प्रभाकर पण्डित को प्रमुख आतिथ्य मा कार्यक्रम सम्पन गरिएको हो।
कार्यक्रम मा बोल्दै पण्डित ले लायन्सले विभिन्न समाजिक कार्य गर्दै आएको बताउदै कार्यक्रम आयोजना गरेकोमा भरतपुर उज्यालोलाइ धन्यवाद सहित बधाइ पनि व्यक्त गर्नुभएको थियो। उहाले आगामि दिनहरुमा पनि लायन्सलाइ समाजिक कार्यमा सहभागि हुन र लायन्सको गरिमा बढाउन अनुरोध गर्नु भएको छ।
सशस्त्र प्रहरी बल १७ नं. आपटारीले पनि उक्त कार्यक्रममा सहयोग गरेको थियो। कार्यक्रममा ससस्त्र प्रहरी बल १७ न. का सहि अर्जुन कार्की, डिस्टिक एक्जुकेटिभ को चिफ लायन सुरज पाठक, कलस्टर नं. ३ का क्लस्टर सचिव एमजेएफ लायन अजामिन ढकाल, संस्थापक अध्यक्ष रितु गिरी, र पूर्व अध्यक्ष लायन लक्ष्मी रिजालको उपस्थिति रहेको थियो।
कार्यक्रम को उद्घाटन स्थानीय समाजसेवी हरि भन्डारीलाइ अध्यक्ष र प्रमुख अतिथिले डट्विन हस्तान्तरण गरेर गरेका थिए। स्वागत मन्तव्य जोन चेयर पर्सन तथा क्लवका पूर्व अध्यक्ष एकराज वुर्लाकोटीले व्यक्त गरेका थिए।
कार्यक्रमका अध्यक्ष तथा लायन्स क्लब अफ उज्यालो भरतपुरका अध्यक्ष अमृता भट्टराईले कार्यक्रम मा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै यस सरसफाइ कार्यक्रमले देवघाट धामको धार्मिक र पर्यटकीय महत्वलाई कायम राख्न र क्षेत्रको सौन्दर्य सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ।

































Discussion about this post