Skip to main content

Nirvik Khabar

भ्याली स्टेट कलेजले बि.एच.सी.एम र एम.बि.ए कार्यक्रम संचालन गर्ने

Advertisements
Single Page Long - 2

चितवन – पोखरा बिश्वबिद्यालयबाट सम्बन्ध प्राप्त भ्याली स्टेट कलेजले बिबिएको अलावा बि.एच.सी.एम र एम.बि.ए कार्यक्रम संचालन गर्ने भएको छ।बिगत १२ वर्षदेखि बि.बि.ए (BBA) कार्यक्रम सफलतापुर्वक संचालन गर्दै आएको भ्याली स्टेट कलेजले यसै वर्षदेखि चितवनमै पहिलोपटक ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (BHCM) को अध्यापन सुरु गर्न लागेको हो ।

कलेजका प्राचार्य बाबुराम खनालका अनुसार बि.एच.सी.एम अध्ययन गरेपछि विद्यार्थीहरुले अस्पतालको व्यवस्थापन, स्वास्थ एवं सघ-सस्थाहरुको व्यवस्थापन लगायतका जिम्मेवारीहरु पुरा गर्न सक्ने कलेजले जनाएको छ।

भ्याली स्टेट कलेजले बिश्वमै प्रतिष्ठित एम.बि.ए (MBA) कार्यक्रमलाई पनि मागअनुसार शैक्षिक सस्था र उद्योग व्यवसायलाई जोडेर व्यावहारिक तथा प्रयोगात्मक तरिकाले संचालन गर्ने एम.बि.ए कार्यक्रम निर्देशक सुजन कार्कीले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस