Skip to main content

Nirvik Khabar

कान्तिपुर डेण्टलको दोस्रो शाखा भरतपुरमा, दन्त उपचारको सम्पूर्ण सेवा दिने

Advertisements
Single Page Long - 2

चितवन – कान्तिपुर डेण्टल सेन्टरको दोस्रो शाखा भरतपुरको एयरपोर्ट अगाडि शुभारम्भ गरीएको छ । आज भदौं १ गतेबाट कान्तिपुर डेन्टल सेन्टरले भरतपुर १० स्थित एयरपोर्ट गेट अगाडि डेण्टल सेन्टर सञ्चालनमा ल्याएको हो ।

दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस सेन्टरले आजबाट दन्त उपचारको सम्पूर्ण सेवा भरतपुरबाट दिने गरी अत्याधुनिक सुविधा सम्पन्न दोस्रो शाखा सञ्चालनमा ल्याएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए।

यसअघि नारायणगढको पुल्चोकबाट बि.सं. २०६० सालबाट सेवा दिंदै आएको बताउँदै उनले थप उच्चस्तरीय सेवा दिने उद्देश्यले दोस्रो शाखा सञ्चालन ल्याईएको बताए ।

श्रेष्ठका अनुसार डेन्टल सेन्टरमा मुख तथा दाँतको परिक्षण तथा परामर्श, दाँत सफा गर्ने, दाँत निकाल्ने, दाँत भर्ने, जरै देखी दाँत भर्ने, शल्यकृया गरी दाँत निकाल्ने, दाँत नभएको ठाउँमा कृतिम दाँत राख्ने, दन्त प्रत्यारोपण, एक्सरे सेवा, बच्चाको दाँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परिक्षण, बाङोट्याङो दाँत मिलाउने, गिजाँ सम्बन्धी उपचार, अनुहारको जोर्नी, सुतेको बेला दाँत किट्ने र गुर्ने समस्या लगाएतको उपचार गरिने छ ।

साथै सेवा शुभारम्भको अवसरमा भदौ र असोज महिनाभर जनरल दन्त उपचार सेवामा १५ प्रतिशत र बिशेषज्ञ दन्त उपचार सेवामा १० प्रतिशत छुट राखिएको छ ।उक्त डेन्टल बिहान ९ बजे देखी बेलुका ७ बजेसम्म खुल्ने छ ।

उनले भने, हामीले अन्तराष्ट्रिय स्तरको सेवा दिने हिसावले “दन्त उपचारको साधारणदेखि जटिल प्रकृतिका उपचार सेवा भरतपुर सेन्टरबाट दिन्छौं ।” मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । मुख स्वास्थ भयो भने मात्रै शरीर स्वस्थ हुने हो त्यसैले सबैले मुख स्वास्थ्यको ख्याल गर्नुपर्ने उनको भनाई छ ।

नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको चितवन लगाएत काठमाण्डौंको बसुन्धारा चौकी, सतुन्गल, सुन्दरबस्ती, पोखराको न्यूरोड, रुपन्देहीको बुटवलमा उपचार सेन्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस