Nirvik Khabar

सेयरबजारमा ‘करेक्सन’, साढे २१ अर्बको खरिदबिक्री

सेयरबजारमा आज करेक्सन आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार परिसूचक ८.१८ अंकले घटेको हो। योसँगै सूचक २९२३.४६ विन्दुमा थामिएको छ।आज बजारमा ५ लाख २७ हजार ६४ हजार बढी कित्ता सेयर बिक्री भएका छन्। उक्त खरिदबिक्रीमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको कारोबार भएको छ।

आज ८० कम्पनीको सेयर बढे पनि १५७ वटाको घटेको र ६ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ।आजको कारोबारमा मातृभूमि लघुवित्त, पिपुल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यसबाहेक ५ वटा कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ।

तर नेपाल फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ। यसबाहेक सगरमाथा जलविद्युत् कम्पनी, आत्मनिर्भर लघुवित्तलगायतको सेयर पनि घटेको छ।बजारमा आज सबैभन्दा बढी नेपाल फाइनान्सको ८१ करोड ९९ लाखको सेयर कारोबार हुँदा हिमालयन रिको ६८ करोड, शिवम् सिमेन्टको ४४ करोडको कारोबार भएको छ। आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य सूचक राताम्य रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस