Nirvik Khabar

गोरखामा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता

काठमाडौं- उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परी पाँच जना बेपत्ता भएका छन्।शनिबार रातिको पहिरोमा परी कान्छी गुरूङ, जीतबहादुर गुरूङ, रमेश गुरूङ, रमेश परियार बेपत्ता भएका छन्।एक जना वृद्धको पहिचान हुन बाँकी रहेको गाउँपालिका उपाध्यक्ष सुनीला गुरूङले जानकारी दिइन्।

‘घटनास्थल निकै विकट ठाउँमा हुनाले उद्धारमा कठिनाइ भइरहेको छ। जिल्लाबाट सुरक्षा टोली घटनास्थलतर्फ हिँडिसक्नुभएको छ। गाउँपालिकाको केन्द्रबाट पनि दुई घन्टा लाग्ने हुनाले सहजीकरण गर्न पनि गाह्रो भइरहेको छ,’ उपाध्यक्ष गुरूङले भनिन्।गाउँपालिका उपाध्यक्ष सुनीलाका अनुसार पहिराले जीतबहादुर गुरूङको कृषि फार्म र नजिकै रहेको घर पुरेको हो। उनले निकै माथिबाट लेदोसहितको पहिरो आएको पनि बताइन्।

‘फार्म रहेको स्थानभन्दा निकै माथिबाट पहिरो आएको बुझिएको छ। हालसम्म पाँच जना बेपत्ता र दुई जना घाइतेको विवरण पाएका छौं। घाइतेको हेलिकप्टर मार्फत् उद्धार तयारी भइरहेको छ,’ उनले भनिन्।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस