चितवन, साउन ११-
चितवनको कालिका नगरपालिका–१० तीन दोभानस्थित कयर खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोलाले बगाएर कालिका–१० तुईकराङका ३३ वर्षीय गम्भीर चेपाङको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
बिहीवार बेलुका ७ बजेको समयमा सिद्धिबजारबाट घर फर्कने क्रममा कयर खोलाले उनलाई बगाएको थियो ।आज (शुक्रवार) बिहान ६ः२० बजेको समयमा खोलाले बगाएको ठाउँबाट करिबब डेढ किमी तल निपुवाटारस्थित खोला किनारमा चेपाङको शव फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
Discussion about this post