Nirvik Khabar

अक्सफोर्ड कलेजले बिएचएम अध्यापन गराउने

Advertisements
Single Page Long - 2

गैँडाकोट –उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) अध्यापन गराउने भएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजले बिएचएम कोर्स सुरुवात गरेको जानकारी दिएको छ । कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले यसै शैक्षिक सत्रबाट बिएचएममा समेत भर्ना खुला गरिएको जानकारी दिनुभयो ।

अक्सफोर्ड कलेजले बिएचएमका लागि चाहिने आवश्यक पूर्वाधार तयार पारिसकेको छ । बेसिक किचन र एडभान्स किचन, डाईनिङ हल , रेष्टुरेन्ट, फ्रन्टडेक्स अफिस,बेकरी रुम, कफिहाउस लगायतका आवश्यक सबै पूर्वाधार तयार पारिएको प्राचार्य भण्डारीले बताउनुभयो ।

नेपालको हस्पिटालिटी शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिने उदेश्य सहित अक्सफोर्डले बिएचएम कार्यक्रम सुरु गर्न लागेको भन्दै बिएचएम कार्यक्रमका विभागीय प्रमुख अच्युत पुडासैनीले अन्तराष्ट्रिय बजारले माग गरे अनुरुपको जनशक्ति तयार गर्न कलेजले कुनै कसर बाकि नराख्ने बताउनुभयो ।

हालसम्म कलेजले स्नातक तहमा बिसिए, बिबिए, विई (सीभिल), बिई (ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स), बिई (कम्प्युटर), बिएचम, पढाउदै आएको छ । विभिन्न विधाहरुमा ८ वटा गोल्डमेडल प्राप्त गर्न सफल अक्सफोर्डले हालसम्म २०० बढी प्रधानमन्त्री पदक प्राप्त गर्दै पोखरा विश्वविद्यालयको इतिहासमै नयाँ रेर्कड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस