Skip to main content

Nirvik Khabar

भारतीय क्रिकेट टिमको भव्य विजयोत्सव

Advertisements
Single Page Long - 2

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट विजेता भारतीय टिमको भारतमा भव्य स्वागत भएको छ । बिहीबार बिहान आएको टिम १६ घण्टा विजयोत्सवमा सहभागी भयो । बिहानै प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेटेको थियो । साँझ भएको भिक्ट्री परेड (विजयोत्सव) मा तीन लाख मानिस सहभागी भएका थिए ।

मुम्बईको नरिमन पोइन्टबाट भएको उक्त विजयोत्सवमा सबै खेलाडीहरु ओपन बसमा सवार रहेका थिए ।परेडको समापन २.२ किलोमिटरको स्थानमा रहेको वानखेडे स्टेडियममा भएको थियो ।

सो क्रममा तीन लाख भन्दा बढी क्रिकेटप्रेमी सहभागी भएका थिए ।सो क्रममा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टिमलाई १२५ करोड भारु पुरस्कार दिएको छ ।वानखेडेमा खेलाडीहरुको सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । कप्तान रोहित शर्माले सबैलाई धन्यवाद दिए ।वर्षाका कारण पनि प्रशंसक भने रोकिएका थिएनन् । भारतले वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा भएको विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

भारतले टी–२० मा दोस्रो विश्वकप उपाधि जितेको हो । यसअघि भारतले सन् २००७ को पहिलो संस्करण जितेको थियो ।भारतले पहिलो पटक अपराजित रहँदै उपाधि जितेको हो । यो टी–२० क्रिकेट इतिहासमा कीर्तिमान पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस