Skip to main content

Nirvik Khabar

वर्षाका कारण रोकियो भारत र इंग्ल्यान्डबीचको खेल

Advertisements
Single Page Long - 2
GEORGETOWN, GUYANA - JUNE 27: General view as rain falls on the pitch as ground staff work on the covers prior to the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 Semi-Final match between India and England at Providence Stadium on June 27, 2024 in Georgetown, Guyana. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत भारत र इंग्ल्यान्डबीचको खेल वर्षाका कराण रोकिएको छ ।बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो । टसअघि पनि नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहेको खेल वर्षाका कारण मैदान ओसिलो हुँदा करिब एक घण्टा प्रभावित बनेको थियो ।

हाल भारतबाट क्रिजमा रहेका कप्तान रोहित शर्मा ३७ र सूर्यकुमार यादव १३ रनमा खेलिरहेका छन् । भारतले ओपनर विराट कोहलीलाई नौ र ऋषव पन्तलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनलमा आएका हुन् । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ ।

यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस