Nirvik Khabar

अस्ट्रेलियामा सङ्घीय निर्वाचनका लागि देश भरी मतदान हुँदै

Advertisements
Single Page Long - 2

क्यानबेरा। अस्ट्रेलियामा शनिवार देश भरी सङ्घीय निर्वाचनका लागि मतदान भइरहेको छ। स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा गठबन्धन र लेबर पार्टीका बीचमा प्रतिस्पर्धा हुने देखिएको छ। आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि दुवै पक्षले बहुमत ल्याउने कसरत गरेका छन्।

उनीहरू मध्ये कुनै एउटा पक्षले मात्रै बहुमत ल्याउन सकेनन् भने त्रिशङ्कु संसद् बन्ने छ र त्यसको प्रभाव सरकार निर्माणमा पनि पर्नेछ। त्यस्तो अवस्थामा गठबन्धन वा लेबरले साना दलका सांसद र स्वतन्त्र सांसदहरूलाई आफ्नो पक्षमा तान्नु पर्छ।अस्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा बहुमत पुर्‍याउनका लागि कम्तीमा ७६ सिट जित्नु पर्दछ। अस्ट्रेलियाको तल्लो सङ्घीय संसद्मा १५१ सिट रहेको छ।

अस्ट्रेलियामा १८ वर्ष पुरा भएका हरेक नागरिकले अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार यो वर्ष मतदाताको कुल सङ्ख्या एक करोड ७० लाखभन्दा बढी छ। तर मतदानका लागि योग्यता भएका ८० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ। देश भरी सात हजारभन्दा बढी मतदान केन्द्रहरू तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस