Nirvik Khabar

अफगानिस्तानले रच्यो इतिहास, टी–२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । अफगानिस्तान टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को अन्तिम खेलमा बंगलादेशमाथि ८ रनको जित हासिल गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान कुनै विश्वकपको सेमिफाइनलमा पहिलो पटक पुगेको हो । अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अष्ट्रेलिया बाहिरिएको छ ।

समूह चरणमा अष्ट्रेलियालाईसमेत हराएर इतिहास रचेको अफगानिस्तानले अन्तिम खेलमा बंगलादेशमाथि जित हासिल गरेसँगै सेमिफाइनलमा पुगेको हो ।अब सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भारत र इङ्गल्याण्ड खेल्नेछन् ।

अफगानिस्तानले किंग्सटाउनमा भएको खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ११५ रन बनायो । रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ तथा कप्तान राशिद खानले १० बलमा अविजित रहँदै १९ रन बनाए ।रिशद हुसेनले ३ विकेट लिए । जवाफमा वर्षाले १९ ओभरमा झारिएको खेलमा बंगलादेशले १७.५ ओभरमा अलआउट हुँदै १०५ रनमात्र बनायो ।

यो खेलमा बंगलादेश १२.१ ओभरमा विजयी भएको भए आफैँ सेमिफाइनलमा पुग्ने थियो । यदि बंगलादेशले सामान्य जित हासिल गरेको भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने थियो ।

तर अफगानिस्तान आफैँले जितेर सेमिफाइनलमा ठाउँ बनायो । कमजोर बंगलादेशका लागि ओपनर लिटन दासले ४९ बलमा अविजित रहँदै ५४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।अफगानिस्तानका लागि नवीन उल हक र राशिद खानले ४–४ विकेट लिए ।सेमिफाइनल खेल बिहीबार हुनेछन् । बिहान ६ः१५ मा अफगानिस्तान र दक्षिण अफ्रिका खेल्नेछन् भने राति भारत र इङ्गल्याण्ड भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस