Nirvik Khabar

पहिरो नियन्त्रणका लागि बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

बागलुङ । बागलुङ बजारसँग दक्षिणी भेग जोड्ने बागलुङ-कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका-१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारको रु ५० लाखमा बागलुङ नगरपालिकाले पहिरो रोकथाम गरिरहेको छ ।सडक बन्द भएको समयमा कालीगण्डकी करिडोरको सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस