भरतपुर । भारतपुर महानगरमा रेणु दाहालले २० हजार मत नघाएकी छन् ।शुक्रवार बिहानसम्मको परिणाम अनुसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुले २० हजार ४९२ मत ल्याएकी छिन् ।
रेणु पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी हुन्।उनलाई नेकपा एमालेका विजय सुवेदीले पछ्याउँदै छन् । सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् ।
रेणु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् । रेणु ३३ सय १० मतले सुवेदी भन्दा अघि छन् । गठबन्धनलाई चुनौती दिएका नेपाली कांग्रेसका विद्रोही स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत ल्याएका छन् । २९ वडा रहेकाे भरतपुर मा १० वटा वडाकाे मतगणना सकिएकाे छ ।
Discussion about this post