Skip to main content

Nirvik Khabar

‘सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्छ ’ : स्वास्थ्य मन्त्री प्रदीप यादव

Advertisements
Single Page Long - 2

नारायणगढ (चितवन) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूसंग भएको स्रोत, साधन, क्षमता र प्रविधिलाई अधिकतम उपयोग गरेर सेवा प्रदान गरेको बताउनुभएको छ ।

आज अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै उहाँले देशभरिबाट क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “ क्यान्सरका बिरामी यहाँ उपचार गर्न आउनुहुन्छ , अस्पतालमा कुनै प्रकारको विभेद गरियो भन्ने मैले सुनेको छैन ।”

स्वास्थ्यमन्त्री यादवले भन्नुभयो, “बिरामी दिनदिनै बढिरहेको छ । बिरामी बढेपछि श्यया बढाउनु पर्छ तर जनशक्ति छैन भने त्यो बिरामीलाई हेरचाह कस्ले गर्ने ?” मन्त्री यादवले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विषयमा प्रधानमन्त्रीसँग पनि छलफल भएको जनाउँदै यसबारेमा प्रधानमन्त्री पनि सकारात्मक भएको बताउनुभयो । उहाँले सुर्तीजन्य पदार्थबाट लिएको कर स्वास्थ्य मन्त्रालय र क्यान्सर अस्पतालको भएको उल्लेख गर्नुभयो ।

उहाँले यस अस्पताललाई एक हजार श्ययाको अस्पताल बनाउने लक्ष्यमा आफ्नो र मन्त्रालयको साथ र सहयोग रहने जानकारी दिनुभयो । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालको परिचय, उद्देश्य, अस्पतालले प्रदान गर्ने सेवा, अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्याको बारेमा मन्त्री यादवलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, अस्पतालका अध्यक्ष तथा विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमपश्चात् मन्त्री यादवले अस्पतालको अनुगमन तथा निरीक्षण एवं बिरामीका आफन्तसँग भेटवर्ता समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस