चितवनः जिल्लामा रेशम खेती गर्ने किसानहरु बिस्थापित भएका छन् । केही बर्ष अघि सम्म जिल्लाको माडी क्षेत्रमा व्यवसायीक रुपमा रेशम खेती गरिएको भए पनि अहिले त्यहाँका कृषकहरु यस पेसाबाट बिस्थापित भएका हुन ।
किम्बु नर्सरी बिकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था नै दर्ता गरेर रेशम खेती गरिने गरेको भए पनि अहिले कृषकहरु यस पेसाबाट पलायन भएर तरकारी बालि तर्फ आकर्षित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “रेशम खेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले कृषकहरुले पेसा परिवर्तन गरेका हुन ।”
केन्द्रले अहिले व्यवसायीक रुपमा कोया उत्पादन गर्न छोडेको उहाँले बताउनुभयो । कोया उत्पादन गरेर नीजि क्षेत्रलाई दिनु पर्ने र त्यसको बजार समस्या हुँदा व्यवसायीक रुपमा उत्पादन हुन छोडेको उहाँले जानकारी दिनुभयो । अहिले बिउ उत्पादनका २० हजार फुल हुन्छ । सुरुवाती समयमा मकवानपुर र चितवनमा रेशम खेतीको राम्रो उत्पादन भए पनि अहिले त्यस्तो नभएको उहाँको भनाई छ । नेपालमा उत्पादीत रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “बाहिर बाट रेशमको धागो आयात हुन्छ । तर यहाँको धागोको पहिचान हुँदैन ।”
बजार व्यवस्थापनमा समस्या हुँदा लामो समय सम्म कुर्नु पर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यस तर्फ कृषकको आकर्षण घटेको उहाँले जानकारी दिनुभयो । जिल्लामा रेशम खेती गर्ने कृषकहरु अहिले छिटो आम्दानी हुने नगदे बाली तर्फ आकर्षित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्न्ुभयो “अहिले केन्द्रमा उत्पादीत किम्बुका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ ।” केन्द्रले यस वर्ष ५ लाख बिरुवा उत्पादन गरेर छ । अहिले गर्मी बढेका कारण ४ लाख सम्म बिक्रि गर्ने योजनामा केन्द्र रहेको छ ।
केन्द्रले ६ हेक्टर क्षेत्रफलमा किम्बु नर्सरी गर्ने गरेको छ । यहाँ उत्पादीत किम्बुका बिरुवा सिन्धुली, गोरखा, काठमाडौं लगाएतका जिल्लामा जाने गरेको उहाँले बताउनुभयो । अहिले जिल्लामा किम्बु खेती गर्नेको संख्या कम भएको उहाँले बताउनुभयो ।

































Discussion about this post