Nirvik Khabar

नेपालको नसुध्रिएको ब्याटिङ, युगाण्डाविरुद्ध तीन वटै खेलमा उस्तै योगफल

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं – नेपाली महिला क्रिकेट टिमले युगाण्डासँग पाँच खेलको टी–२० श्रृंखला खेलिरहेको छ । घरेलु टीयू क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा नेपालको ब्याटिङ भने सुध्रन सकेन । जसका कारण नेपालले यसअघिका दुई खेल गुमाएको छ भने तेस्रो खेलमा जितका लागि संघर्षरत छ ।

नेपालले पहिलो खेलमा नेपाल ९० रनमा समेटियो । १०३ रनको चुनौती लिएर मैदानमा उत्रिएको नेपालले ९ विकेटको क्षतिमा उक्त योगफल बनायो । इन्दू बर्माले सर्वाधिक १६ रन बनाइन् । बिन्दू क्षेत्रीले १२ तथा कविता कुँवरले ११ रन बनाउनु बाहेक कसैले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०१ रन बनायो । बिन्दू रावलले २६ रन बनाइन् । सरिता मगरले २२ रन जोडिन् ।

बिहीबारको तेस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ९९ रनमात्र बनाउन सक्यो । ओपनर ज्योती पाण्डेले ५४ बलमा ४७, कप्तान रुबिना क्षेत्रीले १५ बलमा अविजित रहँदै १८ तथा सीता रानामगरले २५ बलमा १२ रन बनाएको इनिङस्मा अन्य खेलाडीले दोहोरो स्कोरसमेत बनाउन सकेनन् ।

चौथो खेल शुक्रबार र पाँचौं खेल शनिबार हुनेछ । तर आफूभन्दा तीन वरीयता तल रहेको युगाण्डासँग त्यो पनि घरेलु मैदानमा नेपाली चेलीहरुले देखाएको ब्याटिङ प्रदर्शन भने सम्झनलायक बनेको छैन ।त्यसैगरी बलिङ पक्षले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available