Nirvik Khabar

पार्टी विधि पद्धतिमा चलाउनुपर्छः कांग्रेस नेता केसी

Advertisements
Single Page Long - 2

चितवन, २९ जेठ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताउनुभएको छ ।

कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्छ । त्यसका लागि पार्टी विधि र पद्धतिमा चलाउन आवश्यक छ ।” नेता केसीले स्व आचार्यको योगदानको कदर गर्न उहाँले देखाएको बाटोमा पार्टी हिँड्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता जगदिश नरसिंह केसी, पार्टीका चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, सविता बराल, मङ्गलध्वज गुरुङ, श्रीकान्त बराल, क्षेत्रीय सभापति लालबहादुर दवाडीलगायतले आचार्यको योगदानको चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस