Nirvik Khabar

चितवनमा ‘राइटपाथ’को एजुकेसन कन्क्लेभमा विद्यार्थीहरुको घुइचो

चितवन- शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ मा विद्यार्थीको सहभागिता उत्साहजनक रहेको पाइएको छ ।

संस्थाको लायन्सचोक नारायणगढ स्थित शाखा कार्यालयमा शुक्रबार आयोजित कन्क्लेभमा पन्ध्र सय भन्दा बढी बढी विद्यार्थी सहभागी रहेको शाखाका प्रमुख सुरज पौडेलले जानकारी दिए । अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित संस्थाले कन्क्लेभ आयोजना गरेको पौडेलले बताए । कन्क्लेभमा अपेक्षा गरेभन्दा बढी सहभागिता रहेको पौडेलको भनाइ छ ।

कन्क्लेभमा सहभागी विद्यार्थीले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण ज्ञान हासिल गरेका थिए ।अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ आयोजना गरेको हो । कार्यक्रममा सहभागी भएका विद्यार्थीले राइटपाथबाट आकर्षक गिफ्ट ह्याम्पर समेत पाएका छन् । संस्थाका अनुसार कन्क्लेभमा विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशतसम्मको अफर दिइएको छ भने फ्रि मुभी टिकेट समेत प्रदान गरिएको छ ।

यसैगरी सहभागी विद्यार्थीले अमेरिका लक्षित २५ हजारसम्मको छात्रवृत्ति अफरदेखि ६ हजार लाग्ने आईएलटीएस कोर्स २ हजार ८१ रुपैयाँमै गर्न पाउने सुविधा प्राप्त गरेका छन् । कन्क्लेभमा राइटपाथकी ब्रान्ड एम्बेसडर समेत रहेकी पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र गायिका अन्जु पन्तको समेत उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत फिलिप डीसीले गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिने विश्वास व्यक्त गरे । बैशाख २९ गते संस्थाको प्रधान कार्यालयबाट सुरु गरिएको कन्क्लेभ संस्थाको शाखा रहेको देशका प्रमुख शहरमा आयोजना गरिएको डिसीले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस