भरतपुर,जेठ २-
चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो हुने भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गतेदेखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको आज (बुधबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी दिएको छ ।
भरतपुरस्थित औधोगिक प्रर्दशनी केन्द्रमा हुने एक्सपोमा पन्ध्र देशका बिज्ञान प्रविधि तथा बिज्ञहरुको उपस्थिति रहनेछ । एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका बिषयमा बिज्ञहरुलाई बोलाएर पाठशाला संचालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार एक्सपोमा विदेशी प्रविधिको बचश्र्व रहनेछ ।
बिष्टले पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो मार्फत पहल गरिने बताउनुभयो । चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्सपो गरिएको थियो । त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको थियो ।तीन दिनसम्म संचालन हुने एक्सपोमा दुई सयको हाराहारीमा स्टल रहने नेपाल कुखुरा व्यवसायी मन्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिनुभयो । उहाँले पन्ध्र देशका दश हजारले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको बताउनुभयो ।

































Discussion about this post