Skip to main content

Nirvik Khabar

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

Advertisements
Single Page Long - 2

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । क्यानडा पठाइदिन्छु भनेर एकजना युवतीलाई दुबईमा लगेपछि बेचेको अभियोगमा प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौंको नागर्जुन नगरपालिका-१ बस्ने फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारीलाई बुधबार पक्राउ गरेको हो ।

मल्टिमिडिया प्लाटफर्म टिकटकबाट चिनजान भएका हवारीले धेरैजनालाई यसअघि क्यानाडा पठाइसकेको प्रलोभनमा पारेर ती युवतीलाई दुबईमा बेचेको खुलेको हो ।पीडितलाई दुबई पुर्‍याएर बेचबिखनपछि बन्धक बनाएको अवस्थामा पीडितका आफन्तहरूको सहयोगमा नेपाल फिर्ता गराइएको थियो ।

घटनापछि फरार हवारीलाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनसँगको समन्वयमा नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।हवारीले क्यानडा जान ३० लाख रूपैयाँ लाग्ने बताउनुका साथै ती युवतीलाई बिहे गर्ने प्रलोभन देखाएर नेपालमै पटक पटक यौन शोषण गरेको पनि खुलेको प्रहरीले जनाएको छ । बिहेको बहानामा यौन शोषणपछि ती युवतीलाई दुबई लगेर बेचिएको खुलेको छ ।

हवारीले युवतीबाट विभिन्न समयमा ११ लाख २८ हजार रूपैयाँ ठगी गरेको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।हवारीविरुद्ध मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ । यस प्रकरणमा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस