भरतपुर , २७ माघ
स्टेप बाइ स्टेप इङ्लिस स्कुलले सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले सडक दुर्घटना नूनिकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। शनिवार स्टेप बाइ स्टेप इङ्लिस स्कुल भरतपुर ९ ले आयोजना गरेको सडक दुर्घटना न्यूनीकरण तथा पर्यावरण संरक्षणमा युवाहरुको भूमिका तथा ट्राफिक सचेतना बिषेश कार्यक्रममा सम्बोधन गर्दै बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न युवाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले जनस्तरबाटनै सडक सचेतना आवश्यक रहेको भन्दै सवारी चलाउने चालक मात्र नभई सडकमा पैदल यात्रा गर्ने जोकोही पनि सडक सुरक्षाका बिषयमा जानकार तथा गम्भीर हुन आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले जिल्ला तथा जिल्ला बाहिर हुने दुर्घटनाको तथ्याङ्कमा युवाहरु धेरै रहेका बताएका छन् । युवाहरुले मादक पदार्थ सेवन गरेर तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउदा धेरै दुर्घटना भएको बताए । बिशेष गरी दुई पांग्रे सवारीहरु बढि दुर्घटनामा पर्ने गरेको तथ्याङ्कमा देखिएको भन्दै उनले युवाहरु सचेतना जगाउन आवश्यक रहेको प्रष्ट पारे । उनले स्टेप बाइ स्टेप इङ्लिस स्कुलले गरेको सचेतना कार्यक्रम प्रति धन्यवाद समेत ब्यक्त गरेको छन् ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बिद्यालयका प्राचार्य कृष्णप्रसाद भट्टले बिद्यालय स्तरबाटै सचेतना प्रदान गर्ने हेतुले कार्यक्रम आयाजना गरिएको बताए । स्टेप बाइ स्टेप इङ्लिस स्कुलले बिद्यार्थीहरुलाई पाठ्यक्रम मात्र नभई यस्ता खालका व्यावहारिक शिक्षा दिँदै आएको बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका ईन्चार्ज ईन्सपेक्टर सुरेश सुवेदीले सडक दुर्घटना नूनिकरण तथा ट्राफिक सचेतना र कृषि तथा वन बिश्व विद्यालय रामपुरका डिन प्राध्यापक डा.अर्जुनकुमार श्रेष्ठले पर्यावरण संरक्षणको बिषयमा जानकारी दिनुभएको थियो । बिद्यार्थीहरुले सडक नाटक समेत प्रर्दशन गरेका थिए ।
कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी , कृषि तथा वन बिश्व विद्यालय रामपुर सेवा आयोगकी अध्यक्ष प्राध्यापक डा.कल्याणी मिश्र, भरतपुर ९ का वडा अध्यक्ष यमलाल कंडेल , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा वडा नं.७,८ र ९ भित्रका टोलविकासका अध्यक्षहरु र बिद्यार्थी,अभिभावकहरुको उपस्थिती रहेको थियो भने इको क्लव स्टेपका अध्यक्ष सम्बृद्धि अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post