Nirvik Khabar

जोर्डन एसियन कप फुटबलको फाइनलमा, दक्षिण कोरिया स्तब्ध

received_2129529764081875

काठमाडौँ । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस