Nirvik Khabar

सिजनल ज्वरोले तीन जनाको मृत्यु, गाउँका घरघरमा बिरामी

मुगु । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिका वडा नम्बर ६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । सिजनल ज्वरोका कारण एक सातायता मृत्यु हुनेमा सोरु गाउँपालिका वडा नम्बर ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, वर्ष ७५ की कृति छत्याल र वर्ष २४ की कुशुम ढोली रहेका छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी बस्तीका घरघरमा ज्वरो, रुघाखोकी लाग्ने, श्वास फेर्न गार्हो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुने जस्ता लक्ष्यण देखिने बिरामीहरु रहेका छन् ।

बिरामीहरुले सिटामोलसमेत नपाउँदा थप बिरामीहरुको संख्या बढ्दै गएको हो । बिरामी सलबहादुर ढोली भन्छन्, ‘घरमा रहेकी माहिली बुहारीलाई १ हप्ता पहिलेदेखि रुघा, खोकी, ज्वरो आउने, खाना खान मन नलाग्ने लक्षण देखिएपछि पालिका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गरे, औषधि खाए पनि सन्चो नभएपछि मुगु जिल्ला अस्पताल लिँदै गर्दा बुहारीको बाटोमै मृत्यु भयो ।’

उनले अहिले उनलाई र घरमा भाइबुहारीलाई पनि रुघाखोकीले थला पारेको छ । नजिकको स्थानीय सरकार र अन्य कुनै पनि निकायले सहयोग नगरेको ढोलीले बताए ।गाउँभर बिरामी छन् । स्थानीय सरकार वडा र पालिकाबाट कुनै पनि निकायबाट औषधि नहुँदा निकै समस्या भएको छ । स्वास्थ्य संस्था बिरामी लिएर जाम भर्ने बिरामी बोक्ने मान्छेको पनि समस्या छ ।

स्वास्थ्य संस्था ३ घण्टा टाढा छ एक जनालाई ७,८ सय रुपैयाँ गाडी भाडा लाग्ने गरेको छ । वडा अध्यक्ष, सदस्य, पालिका अध्यक्ष बनाएका छौँ अहिले कहाँ गएका छन् घर घर गाउँ ,बस्ती बस्तीमा बिरामी धेरै छन् ।

केही कर्मचारी हुने खानेहरुले मेडिकलबाट औषधि किनेर उपचार गर्छन् । आर्थिक अवस्था नहुनेहरु कता जाउँ स्वास्थ्य संंस्था जाउँ सामान्य सिटामोल पाइँदैन भनेका छन् ।घरको जडिबुटीले सन्चो भएको नत्र मृत्यु बाहेक अर्को विकल्प छैन सोरु गाउँपालिका वडा नम्बर ६ जिमा गाउँका कर्णजित बुमीले गरिबका दुःखेसो सुनाए ।

सोरु गाउँपालिका विभिन्न बस्तिहरुमा भाइरल ज्वरो खोकिका बिरामीहरु बढ्दै गएको र मृत्युसम्म भएको थाहा पाएपछि जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर मेडिकल डाक्टर र आरआर सहितको टिम आएर अनुसन्धान गरिएको छ ।बिरामीहरुको खकार र रगत चेक गरेपछि मात्र के कारण गाउँमा धेरै बिरामी भएको हुन कुन रोग हो भन्न सकिन्छ अहिलेको लक्षण हेर्दा मौसम परिवतनसँगै सिइनल इन्फ्लुएन्जा भाइरल ज्वरो, जस्तो देखिएको सोरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मुगुको डाक्टर सहितको टोलीले मंगलबार सोरु गाँउपालिका ६ पुरुमुरु र जिमा गाउँका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परीक्षण गरी रुघा, खोकी ज्वरो, शरीर दुख्नेको औषधि वितरण गरिएको र कोभिड १९, मलेरिया, औलो, लगायतकोसमेत चेक गरिएको खासै अन्य कुनै पनि भाइरस नदेखिएको र केही स्थानीय नागरिकहरुको स्वाप परीक्षणको लागि सुर्खेत पठाएका छौँ त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ ।बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस