चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ६ महिनाको अवधिमा सवा करोड बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष ८०, ८१को साउन देखि पुष महिनामा १ करोड ५२ लाख ६९ हजार रुपैंया संकलन गरेको हो । सो अवधिमा २१ हजार ६११ वटा सवारी साधन कारवाहीमा परेका थिए । सबैभन्दा बढी राजश्व संकलन पुषमा चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा कार्यालयले सबैभन्दा बढी राजश्व संकलन पुषमा गरेको छ भने सबैभन्दा कम राजश्व संकलन कात्तिक महिनामा भएको छ ।
जसअनुसार पुषमा २८ लाख ९८ हजार ५०० रुपैंया र कात्तिकमा २० लाख २५ हजार ५०० संकलन भएको हो । कार्यालयका अनुसार साउन महिनामा २४ लाख ३१ हजार ५०० रुपैंया, भदौ महिनामा २३ लाख ७० हजार, असोजमा २८ लाख ७७ हजार र मंसिर महिनामा २६ लाख ६६ हजार ५०० रुपैंया संकलन भएको हो । कार्यालयले सो अवधिको साउन महिनामा ३ हजार ४६१ वटा सवारी साधन, भदौमा ३ हजार ५५३ वटा, असोजमा ४हजार १२९ वटा, कात्तिकमा २ हजार ८४० वटा, मंसिरमा ३हजार ६२९ वटा र पुष महिनामा ४हजार ७ वटा कारवाहीमा परेका थिए ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुबेदीले गतबर्ष भन्दा यो चालु आर्थिक बर्षमा कम अनुपातमा राजश्व संकलन भएको बताए । ‘यो बर्षदेखि टीभीआरएस ( ट्राफिक भायोलेन्स रेकर्ड सिष्टम) लागु भएपछि राजश्व संकलन भएको हो, उनले भने, पहिले चेकिङ्गमा बस्ने ट्राफिकले चालकको गल्ती अनुसार न्यूनतम देखि अधिकतम जरीवाना गर्न सक्थे अहिले पहिलोपटक गल्ती गर्ने चालकलाई न्यूनतम जरीवाना मात्र गरिन्छ ।’ गल्ती र कसुर अनुसार कारवाही गरिने भएकोले राजश्व पनि सोही अनुसार संकलन हुने उनको भनाई छ ।
विगतका बर्षहरुमा बैंकिङ्ग प्रणालीमा मात्र जरीवाना तिर्नुपर्ने व्यवस्था भएपनि हाल अनलाईन पेमेन्टबाट पनि जरीवाना शुल्क तिर्न सकिने भएकोले थप सहज र पारदर्शिता हुने सुबेदीले बताए ।
मनाेरन्जनका लागी
Discussion about this post