Nirvik Khabar

स्वर्गीय दिलिप राणा स्मृति भेट्रान प्रतियोगिता आगामी फागुनमा हुने

चितवन । पाँचौँ स्वर्गीय दिलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।चितवन भेट्रान फुटबल क्लबको आयोजनामा फागुन ७ गतेदेखि १२ गतेसम्म भरतपुर महानगरपालिका–७ कृष्णपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा अन्तर्राष्ट्रिय टिमसहित १६ भन्दा बढी टिम सहभागी हुने चितवन भेट्रान फुटबल क्लब आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक हरिप्रसाद भट्टले बताए । दोस्रो हुने टिमले नगद ७५ हजार रुपैयाँ, ट्रफि र मेडल पाउने छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचले एक हजार रुपैयाँ र कप पाउने उनले बताए । त्यस्तैगरी, म्याच अफ दी टुर्नामेन्टले १० हजार, बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, हाईयर स्कोरर र बेस्ट कोचले जनही पाँच हजार रुपैयाँ प्राप्न गर्ने भट्टले जानकारी दिए । प्रतियोगितामा ८ ‘ए’ साइडमा खेल खेलाइने छ ।

प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको चितवन भेट्रान फुटबल क्लबका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठले बताए । ४० वर्ष माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा भारत र बंगलादेशका टिम पनि सहभागी हुने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न भरतपुर महानगरपालिका, स्वर्गीय दिलिप राणाका छोरा अभिनव राणा लगायतले आर्थिक सहयोग गरेका छन् । खेलप्रेमी स्वर्गीय राणाको सम्झनामा हरेक वर्ष भेट्रान कप हुँदै आएको छ ।  शब्द सञ्चार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस