Nirvik Khabar

व्यवसायीक एकताको लागि वाणिज्य तर्फको उपाध्यक्षमा राजेन्द्र ओलिको उम्मेदवारी

उद्योग वाणिज्य संघ चितवनको निर्वाचनको लागी वाणिज्य तर्फको उपाध्यक्षमा व्यवसायी राजेन्द्र ओलिले उम्मेदवारी दिएका छन्। चितवनमा लोकप्रिय व्यवसायीको छवि बनाएका ओलि अहिलेको उद्योग वाणिज्य संघ चितवनको द्वितीय उपाध्यक्ष हुन् । यस्तै बैंक, वित्त तथा विमा समिति नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौंकाे आमन्त्रित सदस्य,प्लास्टिक व्यवसायी संघकाे पुर्व अध्यक्ष, रोटरी क्लब अफ नारायणगढकाे पुर्व अध्यक्ष, नेपाल भारत मैत्री संघ जिल्ला शाखा चितवनकाे उपाध्यक्ष, सुइरो कार्यक्रम नारायणगढका सल्लाहकार, नारायणगढ बस व्यवस्थापन तथा टोल सुधार समितिका सल्लाहकार, मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि. काे सल्लाहकार र नारायणी कला मन्दिर, नारायणगढकाे आजिवन सदस्य समेत रहेका छन् ।

ओलि प्लास्टिक, प्लाष्टो टेक नेपाल प्रा. लि, आशिर्वाद पाईप ईण्डष्ट्रिज प्रा. लि, निको चिल्ड्रेन्स हस्पिटल प्रा. लि र प्लाष्टो टेक नेपाल ट्रेडिंग प्रा. लि. काे सञ्चालक रहेका ओलिले पुस २१ गतेदेखि शुरु हुने अधिवेशन तथा २३ गते हुने निर्वाचनमा व्यवसायीको हकहितलाई अगाडि बढाउन र व्यवसायीलाई एकतामा बाध्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए। ‘चितवनमा व्यावसायिक वातावरण बनाउन र जस्तो सुकै परिस्थितिमा पनि व्यवसायीलाई एक ठाउँमा उभ्याउन उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको ओलिले बताउनुभयो।’ सामाजिक तथा व्यवसायीक रुपमा संलग्न रहेका ओलि दस वर्ष देखि उद्योग वाणिज्य सघंमा रहेर व्यवसायीहरुकाे हकहितका लागि लड्दै आइरहनु भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस