Nirvik Khabar

रवि लामिछानेले गैँडाकोटबाट सुरु गरे बुटवलसम्मको दबाब यात्रा

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबारबाट गैँडाकोटको भृकुटी चोकदेखि बुटवलसम्म दबाब यात्रा सुरु गर्नुभएको छ । विकास आयोजना सुरु नहुँदा स्थानीय जनताको दैनिकी, व्यापार व्यवसाय, सवारी साधन, यातायात व्यवसाय सबैले कष्टकर जीवन भोग्नुपरेको हुँदा सरकारको ध्यानाकर्षण गराउन खोजिएको सांकेतिक यात्रा भएको लामिछानेले बताउनुभयो । विकास आयोजनाको सहि समयमा पूर्णता दिनका दबाब सिर्जना गर्नकै लागि दबाब यात्रा सुरु गरेको सभापति लामिछानेले बताउनुभयो ।

तीन दिन सम्म हुने दबाब यात्रामा रास्ववा सभापति नेतृत्वको दबाब र्यालीले बुटवलसम्म ११३ किलोमिटर दूरी पार गर्ने छ । नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस