Nirvik Khabar

नारायणगढमा खुल्यो ‘बिगबजार नेपाली जुत्ताघर’, सुलभ मूल्यमा जुत्ताचप्पल पाइने

भरतपुर । नारायणगढको चमेली बजारमा ‘बिगबजार नेपाली जुत्ताघर’ सञ्चालनमा आएको छ । नेपाली जुत्ता उद्योगी समूहले २१ वटा सटरमा एउटै शाेरूम सञ्चालनमा ल्याएको हो । बुधबार शाेरूमको समुद्घाटन गरिएको हो ।

उक्त शाेरूममा सात वटा कम्पनीहरु फस्ट वाक, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रन शु र टुरिस्ट शु का जुत्ता चप्पल राखिएकाे फुटवेयर म्यानुफ्याक्चरर एसोसियसनका अध्यक्ष एवम् शाेरूमका संयोजक नानीराज घिमिरेले जानकारी दिए । उनका अनुसार शाेरूममा १५ भन्दा बढि ब्राण्ड र तीन हजारभन्दा बढि मोडलका जुत्ताचप्पल पाइन्छ ।

यसअघि चितवन उद्योग संघको प्रर्दशनी केन्द्रमा दुई पटकसम्म आयोजना गरिएको जुत्ताचप्पल मेलाबाट सकारात्मक प्रतिक्रिया पाएकाले चितवनमा नेपाली जुत्ताचप्पल घरकाे शाखा स्थापना गरिएकाे घिमिरेले बताए । शुभारम्भको अवसरमा प्रत्येक जुत्ता चप्पल खरिदमा १० प्रतिशत छुट र १५ सय रुपैयाँ भन्दा बढि मूल्यको जुत्ता चप्पल खरिदमा ‘जाडोमा न्यानो चप्पल’ उपहारको अफर गरिएको उनले जानकारी दिए ।

‘कम्पनीमा उत्पादित जुत्ताचप्पल प्रत्यक्ष ग्राहकसम्म पुग्ने भएकाले ग्राहकले सुलभ मूल्यमा गुणस्तरिय जुत्ताचप्पल पाउने हामी विस्वास दिलाउँछौ,’ उनले भने ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको बजारलाई व्यावसायिक र औद्योगिक रुपमा अगाडि बढाउन उक्त शाेरूमले ठूलाे भुमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।

चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्याैपानेले एउटै छानाभित्र रहेर सञ्चालन हुने उक्त शाेरूमले नेपाली उत्पादनका जुत्ता चप्पलले बजार पाएर गुणस्तरिता र उद्यमशिलतालाई थप सहयोग पुर्याउने अपेक्षा गरेको बताए ।

फुटवेयर म्यानुफ्याक्चरर एसोसियसनका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले उपभोक्तालाई धेरै राहत पुग्ने तरिकाले थोरै नाफा राखेर बेच्ने र स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाएर निर्यात गर्नु जुत्ता घरको मुख्य उद्धेश्य रहेको बताए । २०८० सालभित्र थप १० वटा जुत्ता घरको शाखा खोल्ने योजना रहेको न्यौपानेले जानकारी दिए ।

चितवनमा खुलेको छैठौँ शाखा हो । यसअघि बुटवल, पोखरा, जनकपुर, काठमाडौँ र ललितपुरमा नेपाली जुत्ताघरका शाखा खुलिसकेका छन् । बिर्तामोड, इटहरी, बिराटनगर, भैरहवार कपिलबस्तुमा उद्धघाटनको मिति तय गरि शाखा सञ्चालन गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।

समुद्घाटन कार्यक्रममा बोल्दै हास्य कलाकार मनोज गजुरेलले सामुहिक प्रयत्नद्धारा स्वच्छ प्रतिष्पर्धामा जुत्ता चप्पल स्वरुम सञ्चालन गर्नु सकारात्मक पक्ष भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस