Nirvik Khabar

भरतपुरमा मतदातालाई चिट चोराउँदै गठबन्धनका नेता कार्यकर्ता

चितवन,बैशाख ३०

भरतपुर महानगरपालिकाका सबै मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । भरतपुरका विभिन्न मतदान केन्द्रमा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले समेत मतदान गरेका छन् । मतदान केन्द्र बाहिर बसेका गठबन्धनका नेता कार्यकर्ताले मतदातालाई जवरजस्ती चिट भिराउने काम गरेका छन् । सो चिटमा गठबन्धनका उम्मेदवारलाई छाप लगाइएको छ । भरतपुरमा राज्यशक्तिको चरम दुरुपयोग भइरहेको गुनासो आइरहेका बेला मतदाता प्रभावित गर्न चिट बाँड्दा पनि प्रहरी प्रशासन मुकदर्शक बनेको छ । कतिपय मतदान केन्द्रमा मतदाताले प्रतिवाद गरेका छन् भने कतिपय मतदान केन्द्रमा होहल्ला समेत भएको छ ।

आफ्नो आमा र बुबाको मतदान आफुले गरिदिने भनेर भरतपुर–७ का वडा सदस्य राजेन्द्र तामाङले चिट चोरेर मतदान गरे । आमा बुबा आफै हिँड्न सक्ने र देख्न सक्ने हुँदा पनि आफु जनप्रतिनिधि पनि भएको भन्दै उनले मतदान गरिदिएका हुन् ।

उनी आमा र बुबासँग मतदान केन्द्रमा पुगेका थिए । दर्ता कार्यमा खटिएका कर्मचारीले सुरुमा अरुले भोट हाल्न नमिल्ने बताएका थिए । त्यसपछि आफु जनप्रतिनिधि भएको भन्दै मतपत्र लिएर आमासँगै बुथतिर लागे । त्यहाँ पुगेर उनले मतपत्र भरे । उक्त मतपत्र उनकी आमाले मतपेटिका ल्याएर हालिन् । मतपत्र भरेर निस्किँदै गर्दा मतदान अधिकृतले चिट फेला पारेर जफत गरिन् । त्यसपछि उनले फेरि आफ्नो बुबाको मतपत्र भरिदिए ।

मतदान केन्द्र ‘ग’ की मतदान अधिकृतले भने चिट चोरेको भिडियो मिडियामा नल्याउन दबाब दिइन् । चिट चोर्न नमिल्ने भएरै आफुले चिट जफत गरेको बताउँदै उनले भनिन्, ‘मैले जफत गर्दिसके । मिडियामा नल्याउनु । मिडियाबाजी किन गर्नु ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारीले पुरुषोत्तम पौडेलले आँखा देख्न सक्ने र आफै हिँड्न सक्ने मतदाताले सहयोगी राख्न नपाउने बताए ।

‘हिँड्न सक्ने र देख्न सक्नेले सहयोगी राख्न पाउनुहुन्न’, उनले भने, ‘सहयोगी नै चाहिने भएमा पनि मतदान अधिकृतसँग जानुपर्छ ।’ चिट चोरेर मतदान गरेको विषयमा सम्बन्धित मतदान केन्द्रमा बुझ्ने उनले बताए । गठबन्धनले चिट चोर्न सजिलो हुनेगरी आफ्नो दलको चुनाव चिह्न मात्रै राखेर सानो नमुना मतपत्र बनाएको थियो । केहि मतदाताको गोजीमा नमुना मतपत्रको चिट फेला परेपछि सुरक्षाकर्मीले गेटमै च्यातेर फालेका थिए । केहिले भने लुकाएर लगेर चिट चोरेर मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस