Nirvik Khabar

भरतपुरको यज्ञपुरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

भरतपुर, पुस ३-

चितवनको भरतपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।सोमबार दिउसो भरतपुर महानगरपालिका वडा नम्वर ४ यज्ञपुरीमा पिपलचोकदेखि रामपुरतर्फ गइरहेको बा.०६–००२ प २०७३ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको बा १९ च ३४६४ नम्बरको बोलेरो गाडीले ठक्कर दिँद मोटरसाइकल चालक भरतपुर १२ गोन्द्राङका २१ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज (मंगलबार) बिहान ३ः२९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । मृतक थापाको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याउने तयारी गरिएको छ ।

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार सोही ठाउँका नवराज केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो र बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस