Nirvik Khabar

जाजरकोट भूकम्पको एक महिना : पीडितलाई चिसोले सताउँदै, अस्थायी आवास निर्माणमा ढिलाइ

??????? , ?? ??????? ? ???????? ?? ????????? ???? ???????? ??? ???????? ?? ????????? ????? ??????? ???? ???? ?????? ???????? ??? ???????? ???? ????????? –? ???????? ???????? ??????????? ? ??????? ?????? ????÷????

काठमाण्डौ – जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना भएको छ । गएको कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टरको भूकम्पबाट २६ हजारभन्दा धेरै घर पूर्ण रुपमा भत्किएका छन् । ३५ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । भूकम्प लगत्तै खोज तथा उद्धारको काममा तदारुकता देखाएको सरकारले राहत र पुन:स्थापनामा त्यति प्रभावकारी काम गर्न सकेको छैन ।

भूकम्पबाट घरमा क्षति भएपछि खुला चौरमा बसेकाहरु थप समस्यामा परेका छन् । यसबाट सबैभन्दा धेरै जोखिममा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका परेका छन् । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिममा धेरै क्षति गर्‍याे ।

भूकम्पमा जोगिएकाहरुलाई यतिबेला चिसोले सताउन लागेको छ । झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । मुटु रोगी, दम, रक्तचाप र मधुमेहका बिरामीको अवस्था कमजोर बन्दै गएको छ । पछिल्लो विवरणअनुसार जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ गरी २२ जनाले चिसोबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी छन् ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी समस्यामा परेको बताउनुभयो । भूकम्पमा परेर एक सय ५४ जनाले ज्यान गुमाएका थिए । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउने सुरसार बल्ल सुरसार हुँदैछ । अस्थायी घर बनाउन सरकारले ढिलासुस्ती गरिरहँदा मुख्य दलहरुले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर बनाएका छन् ।

अरु दलहरु पनि राहतका कार्यक्रम लिएर भूकम्प पीडितकोमा पुगेका छन् । भूकम्प पीडितको लागि सरकार र विभिन्न राजनीतिक दलहरु एक भएर तत्काल अस्थायी आवास र त्यससँगै स्थायी पुनर्निर्माणमा जुट्नुपर्नेमा जाजरकोटका स्थानीयबासिन्दासमेत रहेका इञ्जिनियर निरज शाहको जोड छ । अस्थायी आवास तथा पुनर्निर्माणमा हुने ढिलासुस्तीले थप समस्या र जोखिम निम्तिने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस