चितवन – रिकभरिङ युनाईटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा आजदेखि नारायणी नदी किनारमा चितवन नारायणी महोत्सव सुरु हुँदै छ ।
लागूऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गरिएको रिकभरिङ युनाईटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठले बताउनुभयो ।
मंसिर १६ गतेसम्म महोत्सव हुन लागेको महोत्सवको आज दिउँसो १२ बजे जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहेको श्रेष्ठले बताउनुभयो । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
Discussion about this post